आदर्णिय यस गुदेल शेर्पा किदुक समाजका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, आजीवन तथा सम्पुर्ण साधारण सदस्य ज्युहरु साथै गुदेललाई जन्मथलो बनाएर विभिन्न देश तथा बिदेशमा छरिएर रहनुहुने गुदेलबासि आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु र सम्पुर्ण सरोकारवाला,सहयोगी तथा शुभचिन्तक ज्युहरु सबैमा न्यानो नमस्कार !
सर्बप्रथम गुदेल शेर्पा किदुक समाजले आफ्नो हरेक गतिविधिहरुलाई दस्ताबेज गर्दै, देश तथा बिदेशमा छरिएर रहनु भएका सरोकारवाला तथा शुभचिन्तक ज्युहरु संग थप सुचना आदानप्रदान गर्न सहाज होस् भन्ने हेतुले गुदेल शेर्पा किदुक समाजको आफ्नो यो आधिकारिक ब्लग संचालनमा ल्याएको सम्पुर्णमा जनाकारी गराउदा छौ .
यस किदुकलाई यो उचाई सम्म पुर्याउन तन, मन र धन लगाएर साथ र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरु प्रति हार्दिक आभार प्रकाट गर्दछौ र यी सहयोगी हातहरु आगामी दिनहरुमा पनि निरन्तर पाईरहनेछ भन्नेमा हामि ढुक्का छौ, साथै यहाँहरुको यस संस्था प्रति कुनै सल्लाह, सुझाब र गुनासो रहेमा हामीलाई प्रतिक्रिया पठाउन हार्दिक बिनम्र अनुरोध गर्दछौ .
धन्यबाद !
No comments:
Post a Comment